Tuesday, 17 March 2020

अम्लारी तेक्तारी सु:क्वा (ɔmlari tɛktari su:kwa)

येबाले काँधमा छड्के भिर्ने कम्मर सम्म झुण्डिइका दुइवटा झोलाहरू । एउटा झोला देब्रे काँधबाट छड्के भिरेर दाहिनेपट्टिको कम्मरसम्म झुण्डिएको हुन्छ । दोस्रो झोला दाहिने काँध पट्टि भिरेर देब्रे कम्मर सम्म पुगेर झुण्डिएको हुन्छ ।  यी दुबै झोला सुनाखरी फूलका पात च्यातेर चोया बनाई बुनिएका हुन्छन् । पहेँलो सुनौला र राम्रा देखिने यी झोलाका मुख छोप्ने ठीक बीचमा पारेर कौडा उनिएका हुन्छन् । यी झोलामा कतिले बाघ र बँदेलका दारा पनि टाँसेको पाइन्छ । झोलाका लोता-नाम्लामा लहरै कौडाहरू पनि टँसेका हुन्छन् । यी झोलाहरूमा येबाका अस्त्रहरूका साथै अदुवाका चाना, अक्षता र दुम्सीका काँडा, लुइँचेका प्वाँखहरू राखेको हुन्छ । लोता-दाम्ला झोलासँग जोडिने ठाउँमा काँसका स-साना घण्टी पनि झूण्ड्याइएको हुन्छ । येबाको पीठतिर पटुकीमा पनि घण्टी झुन्ड्याएको हुन्छ ।    

Monday, 16 March 2020

अक्वामा या अक्वानामा (ɔk-wa-ma or ɔk-wa-na-ma)


अक्वामा या अक्नानामा (ɔk-wa-ma or ɔk-wa-na-ma): ना. (मु.) : घरको मूल खम्बामा वास गरेर याकथुङहरूको घरलाई थामेर बसिदिने देवी-देउता ।

अक्वामा या अक्नानामा (ɔk-wa-ma or ɔk-na-na-ma): ना. (ज्यो.): मंगला योगिनी

(स्रोत: (सं.) काइँला, वैरागी, लिम्बू-नेपाली-अंग्रेजी शब्दकोश, नेपाल प्रज्ञ-प्रतिष्ठान, २०६७, पृष्ठ - २)

Sunday, 15 March 2020

आप्चारा पक्चाना (apcara pɔkcana)



याकथुङ महिला गर्भवती भएको बेला, गर्भको वच्चाको सुस्वास्थ्यको कामना गर्दै विशेष किसिमले गरिने कोख पुजामा फलाकिने वा गाईने मुन्धुम जसमा गर्भको वच्चालाई दु:ख दिने भनि चिनिएको दोबाटोमा बसेर दाउ ढुक्ने शिकारिलाई हाम्रो पेटको वच्चालाई दु:ख नदेऊ है, तिम्रो भाग काने कुराहरू यहाँ छुट्याइदिएकाछौँ भनेर सम्जाईबुझाई फकाउँने मुन्धुम कहँदै नेगोशियेशन गरिन्छ ।

(शब्दार्थ: आप्चारा = शिकारी । आप्चारा पक्चाना = दोबाटोमा वास गर्ने दोबाटे  शिकारी देउता ।)