येबाले काँधमा छड्के भिर्ने कम्मर सम्म झुण्डिइका दुइवटा झोलाहरू । एउटा झोला देब्रे काँधबाट छड्के भिरेर दाहिनेपट्टिको कम्मरसम्म झुण्डिएको हुन्छ । दोस्रो झोला दाहिने काँध पट्टि भिरेर देब्रे कम्मर सम्म पुगेर झुण्डिएको हुन्छ । यी दुबै झोला सुनाखरी फूलका पात च्यातेर चोया बनाई बुनिएका हुन्छन् । पहेँलो सुनौला र राम्रा देखिने यी झोलाका मुख छोप्ने ठीक बीचमा पारेर कौडा उनिएका हुन्छन् । यी झोलामा कतिले बाघ र बँदेलका दारा पनि टाँसेको पाइन्छ । झोलाका लोता-नाम्लामा लहरै कौडाहरू पनि टँसेका हुन्छन् । यी झोलाहरूमा येबाका अस्त्रहरूका साथै अदुवाका चाना, अक्षता र दुम्सीका काँडा, लुइँचेका प्वाँखहरू राखेको हुन्छ । लोता-दाम्ला झोलासँग जोडिने ठाउँमा काँसका स-साना घण्टी पनि झूण्ड्याइएको हुन्छ । येबाको पीठतिर पटुकीमा पनि घण्टी झुन्ड्याएको हुन्छ ।
No comments:
Post a Comment